जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एएफसी एशियन कपको फाइनलमा

काठमाडौं- दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एएफसी एशियन कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएकाे सेमिफाइनलमा दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै जोर्डन फाइनलमा पुगेको हो । जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो । 

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गर्‍यो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

यससँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?