जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध, मेटाको अहिलेसम्मकै ठूलो कारबाही

काठमाडौँ – मार्क जुकरबर्गको मेटा कम्पनिको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथी प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका छन् । उसका अनुसार यस निर्णयको कारण दिँदै कम्पनीले भारतमा ह्वाट्सएप प्रयोग गर्ने नियम उल्लङ्घन गर्ने खाता बन्द गरिएको बताएको छ ।

व्हाट्सएपको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार कम्पनीले १.४ मिलियन भन्दा बढी खाताहरू प्रतिबन्धित गरिएको छ, जसको बारेमा कुनै पनि प्रयोगकर्ताले उजुरी पनि गरेका छैनन्। भारतमा पनि व्हाट्सएपका ५० मिलियन भन्दा बढी प्रयोगकर्ता छन् ।

एआई संचालित मोडरेसन र उन्नत रिपोर्टिङ उपकरणहरूमा लगानीको कारण भारतमा यी ९.७ मिलियन खाताहरू प्रतिबन्धित गरिएको कम्पनीले जनाएको छ। व्हाट्सएपको तर्फबाट जानकारी दिँदै एक प्रवक्ताले भने कि व्हाट्सएपले धेरै वर्षदेखि लगातार आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेको छ।

‘यसका साथ हाम्रा डाटा वैज्ञानिकहरू र विशेषज्ञहरूले हाम्रो प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई पूर्ण सुरक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेका छन्। ह्वाट्सएपले मानिसको सुरक्षामा खेलवाड गर्ने गलत कामलाई रोक्न यो कदम चालेको हो,’ उनले भने ।

व्हाट्सएपले थप भन्यो कि आईटी नियम २०२१ अनुसार कम्पनीले धेरै जसो खाताहरू विरुद्ध कारबाही गरेको छ, जुन प्रयोगकर्ताहरूले आफैंले रिपोर्ट गरेका थिए। कम्पनीले यो पनि भन्यो कि व्हाट्सएपमा एक स्वचालित पत्ता लगाउने प्रणाली छ, जसले शंकास्पद गतिविधिहरू पत्ता लगाउन सक्छ।

व्हाट्सएपमा प्राप्त उजुरीहरूमा धेरै जसो केसहरू स्प्यामिंग र थर्ड पार्टी एप्ससँग सम्बन्धित छन्। यस बाहेक मानिसहरुले उनीहरुको अनुमति बिना विभिन्न समूहमा सामेल भएको केही मुद्दा पनि दर्ता गरेको छ । यी सबै उजुरीहरूको छानबिन पछि व्हाट्सएपले यस्ता गलत काम गर्ने खाताहरूलाई प्रतिबन्ध लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?