जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं- आज २०८० साल माघ २४ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।  जसअनुसार भारतीय १०० रूपैयाँको खरिददर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १ सय ६० रूपैयाँ १५ पैसा छ ।

आज अमेरिकी डलरको खरिद दर १ सय ३२ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २० पैसामा कारोबार हुँदा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८.४३ पैसा कायम भएको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?