जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एकैचोटि धेरै पानी खान हुन्छ कि हुँदैन ?

काठमाडौँ। एकैचोटि धेरै पानी खानु स्वास्थ्यका लागि उपयुक्त हुँदैन। शरीरलाई चाहिने पानी सन्तुलित रूपमा प्राप्त भएमा मात्र यसले राम्रो काम गर्छ। तर, अत्यधिक पानी एकैपटक पिउँदा विभिन्न नकारात्मक असरहरू पर्न सक्छन्।

१. पाचन प्रक्रियामा असर
एकैचोटि धेरै पानी पिउँदा पेटमा रहेको पाचक रसहरूपातलो हुन्छन्, जसले खाना पचाउने प्रक्रियालाई कमजोर बनाउँछ।
नतिजा: अपच, ग्यास, पेट फुल्ने जस्ता समस्या।

२. शरीरको इलेक्ट्रोलाइट सन्तुलन बिथोलिन्छ
पानीसँगै शरीरबाट सोडियम निस्कन्छ। धेरै पानी पिउँदा सोडियमको मात्रा कम हुन्छ। जसलाई हाइपोनेट्रेमिया भनिन्छ।
नतिजा: टाउको दुखाइ, भ्रम, झमझमाउने, थकान, अत्यधिक अवस्थामा बेहोस समेत हुन सक्छ।

३. मृगौलामा चाप
मृगौलाले एकैपटक थुप्रै पानी फिल्टर गर्नुपर्दा उसमा अतिरिक्त बोझ पर्छ।
नतिजा: मृगौलाको कार्यप्रणालीमा दीर्घकालीन असर पर्न सक्छ।

४. बारम्बार पिसाब लाग्ने
अत्यधिक पानी पिएपछि शरीरले तुरुन्तै त्यस्तो मात्रा पचाउन नसक्ने हुनाले बारम्बार पिसाब लाग्ने हुन्छ।
नतिजा: काममा बाधा, शरीरमा अत्यधिक पानीको उत्सर्जनले थकान।

५. पेट फुल्ने वा असहज महसुस हुने
धेरै पानी पिउँदा पेटभरिएको महसुस हुन्छ। जसले भोक मर्न सक्छ।
नतिजा: थकान, असहजता, कमजोरी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?