जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री प्रियंका सर्ट फिल्मको लागि साम्तेनसँग सहकार्य गर्ने

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र निर्देशक साम्तेन भुटियाले एक छोटो फिल्मका लागि सहकार्य गर्ने भएका छन् । भुटिया यो फिल्मका लागी केही दिनमा सिक्किमदेखि काठमाडौं आउँदैछन् ।

यो फिल्मको केही दिनमै धादिङमा छायांकन हुने छ । फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा पठाउने तयारी छ । यो फिल्म सामाजिक मुद्दामा बन्ने छ । साम्तेनले हालै सिक्किममै एक फिचर फिल्मको निर्देशन सकेका छन् ।

श्यामाश्री र किरण दाहाल लगायतका कलाकार लिएर बनाइएको यो फिल्मलाई चाँडै नेपालमा रिलिज गर्ने तयारी छ । साम्तेनले कान्स फिल्म फेस्टिभलमा पिचिङ भएको अर्को एक फिचर फिल्मलाई पनि अघि बढाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?