जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘जार’को ट्रेलर सार्वजनिक, वैशाख २६ देखि प्रदर्शनमा आउने

काठमाडौं। वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जार’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनी फेरी टेल पिक्चर्सले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गर्दै प्रचार प्रारम्भ गरेको हो।

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्ममा सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्। फिल्म १८औं शताब्दीको नेपाली समाजमा आधारित यथार्थ कथालाई चित्रण गर्छ।

निर्देशक फुर्वा छिरिङ लामाले ट्रेलर सार्वजनिक कार्यक्रममा ऐतिहासिक कथालाई पर्दामा उतार्न पाउनु गौरवको विषय भएको बताए। उनका अनुसार राईको कथाको मर्मलाई सम्मानका साथ फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्मको छायांकन सिक्किममा गरिएको हो। कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमारिन्जिङ लेप्चा छन्।

फिल्ममा सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन छ। नेपालमा फिल्म एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट, र एफडी कम्पनीले वितरण गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमासँग रहेको छ। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

गीताञ्जली थापा ‘लायर्स डाइस’बाट भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी अभिनेत्री हुन्। उनले ‘सेक्रेड गेम्स’ जस्ता चर्चित सिरिजमा समेत अभिनय गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?