जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पारिश्रमिक बढेको खबर बाहिरिएपछि रश्मिकाले के भनिन् ?

काठमाडौं – गत १ डिसेम्बरमा रिलिज भएको ‘एनिमल’ बक्स अफिसमा सुपरहिट भएपछि रश्मिका मन्दानाले पारिश्रमिक बढेको खबर बाहिरिएको छ । एनिमल रश्मिकाको फिल्मी करियरको सबैभन्दा सफल फिल्म मध्ये एक हो।

यो चलचित्रले कमाईको हिसाबले पनि निकै हलचल मच्चाएको छ । यस्तो अवस्थामा एनिमलको सफलतापछि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएको खबर पनि बाहिर आएको छ ।

रणवीर कपुर र रश्मिका मन्दाना स्टारर फिल्मले विश्वभर ९०० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ। उनले अब फिल्ममेकरबाट एउटा फिल्मको लागि चार देखि साढे ४ करोड भारु डिमान्ड गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। सञ्चारमाध्यममा पारिश्रमिकबारे खबर आएपछि रश्मिकाले रमाइलो प्रतिक्रिया दिएकी छिन्।

मलाई अचम्म लाग्छ यो कसले भन्दैछ। यो सबै देखेपछि मलाई लाग्छ कि मैले यो गर्नु पर्छ। र, यदि मेरा निर्माताहरूले किन सोध्छन्। तब म यति मात्र भन्छु। मिडियाले यस्तो भनिरहेका छन् सर। अनि मलाई लाग्छ उहाँहरूले जे भन्नुहुन्छ, त्यसैअनुसार चल्नुपर्छ। म के गरु ? ’ उनले ट्विट लेखेकी छिन्।

एनिमलअघि रश्मिकाले बलिउड फिल्म ‘गुड बाई’ र ‘मिशन मजनु’ मा काम गरेकी थिइन्। तर, यी फिल्महरुले बक्सअफिसमा खासै कमाल गर्न सकेनन्।

रश्मिका सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ मा अल्लु अर्जुनको अपोजिटमा देखिएकी थिइन्। जुन फिल्म उनको करियरकै ट्रनिङ प्वाइन्ट सावित भएको थियो। उनी ‘पुष्पा २’ मा समेत देखिँदैछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?