जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिनेमा ‘सिटामोल’ साउन २३ गतेदेखि प्रदर्शनमा

काठमाडौं। राज बहादुर सानेको निर्देशनमा बनेको सिनेमा ‘सिटामोल’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ। नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

पोस्टरमा प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमाल देखिएका छन्। सौगात बैशाखीको सहारामा उभिएर हातमा रातो भाले समातेका छन् भने बेनिशा बच्चा बोकेर खुशी मुद्रामा देखिन्छिन्। उनीहरू श्रीमान–श्रीमतीको भूमिकामा देखिने अनुमान छ।

सिनेमाले माओवादी जनयुद्धको कथा बोकेको छ। सौगात मल्लले जनयुद्धमा घाइते पात्रको भूमिका निर्वाह गरेका छन्।
अन्य कलाकारमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मसको सहकार्यमा बनेको सिनेमाको कथा प्रदीप भारद्धाज र राज बहादुर सानेले लेखेका हुन्।

निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी, कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल, र कुमार केसी, सहनिर्माता गंगाराम श्रेष्ठ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?