जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘तिम्रै कारण’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं। पछिल्लो समय फराकिलो बन्दै गइरहेको नेपाली गीत-संगीतको बजारमा नयाँ गीत ‘तिम्रै कारण’ सार्वजनिक भएको छ ।

शशि विक्रम थापा र शान्तिश्री परियारको आवाज रहेको यो गीत सुनाखरी मल्टिमिडिया फाउण्डेशनद्वारा निर्माण भई सुनाखरी मल्टिमिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

माधव थापाको शब्द तथा संगीत रहेको गीतमा श्रीराम रायमाझीले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा पुष्प खड्का र ललना चिमरियाको अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?