जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गर्मीमा तिलको अचार खानुका फाइदाहरू

काठमाडौँ। गर्मीको समयमा शरीरलाई चिसो र ऊर्जावान राख्ने खानाहरू आवश्यक हुन्छन्। यस्ता बेला तिलको अचार स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक हुन्छ। तिल स्वभावतः शीतल प्रकृतिको हुन्छ। जसले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्छ। यसले गर्मीले हुने थकान, डिहाइड्रेसन र घाम लाग्ने समस्याबाट जोगाउँछ।

तिलमा एन्टिअक्सिडेन्ट, ओमेगा–३ फ्याटी एसिड, क्याल्सियम, आइरन र भिटामिन ई जस्ता पोषक तत्त्व पाइन्छन्। यी तत्त्वहरूले छालालाई चम्किलो र स्वस्थ राख्ने, हड्डी बलियो बनाउने र पाचन सुधार गर्ने काम गर्छन्। तिलको अचारमा प्रयोग हुने मसालाहरूले जठराग्नि बलियो बनाएर अपच, ग्यास जस्ता समस्या कम गर्छन्।

विशेषगरी महिलाहरूका लागि तिलको सेवन हर्मोन सन्तुलनमा उपयोगी मानिन्छ। यसको नियमित सेवनले महिनावारीसम्बन्धी समस्यामा पनि फाइदा पुर्‍याउन सक्छ। घरमै सजिलै बनाउन सकिने ताजा तिलको अचार स्वादिलो मात्र होइन, शरीरका लागि पोषणदायक पनि हुन्छ। त्यसैले गर्मीको खानपानमा तिलको अचारलाई अनिवार्यरूपमा समावेश गर्न सिफारिस गरिन्छ। हीँ हर्बल टि, तुलसी चिया, वा अदुवाले विकल्प खोज्न सकिन्छ।

फाइदाहरु:

१. शरीर शितल राख्न मद्दत गर्छ

तिलको स्वभाव शीतल हुन्छ। गर्मी महिनामा शरीरमा अतिरिक्त तातोपन बढ्दा थकान, घाम लाग्ने, डिहाइड्रेसन जस्ता समस्या हुन सक्छन्। यस्तो अवस्थामा तिलले शरीरभित्रको तापक्रमलाई सन्तुलनमा राख्छ, जसले तपाईंलाई ताजा महसुस गराउँछ।

२. पाचन प्रणाली सुधार गर्छ

गर्मीमा धेरैजसो व्यक्तिहरूलाई अपच, ग्यास वा पेट सम्बन्धी समस्या देखिन्छ। तिल र मसला मिसिएको अचारले पाचनक्रियामा सुधार ल्याउँछ, जठराग्नि बलियो बनाउँछ र खाना सजिलै पच्न सहयोग गर्छ।

३. छालाको स्वास्थ्यका लागि फाइदाजनक

तिलमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा–३ फ्याटी एसिड, भिटामिन ई आदि हुन्छन्। यी तत्त्वहरूले छालालाई भित्रबाट पोषण दिन्छन्, जसले गर्दा छाला नरम, चम्किलो र स्वस्थ देखिन्छ। गर्मीमा छालामा डिहाइड्रेसन र डढाउने समस्या पनि तिलको सेवनले कम गर्न सकिन्छ।

४. ऊर्जा दिन्छ

तिल स-साना भए पनि अत्यन्तै पोषिलो हुन्छन्। यसमा प्रोटिन, फ्याट, भिटामिन बी कम्प्लेक्स, आइरन आदि पाइन्छन्, जसले शरीरमा ऊर्जा बढाउँछन्। गर्मीले शरीर थकित बनाउँछ, तर तिलको अचारले शरीरलाई चुस्किलो बनाउँछ।

५. हड्डी बलियो बनाउँछ

तिल क्याल्सियमको राम्रो स्रोत हो। हड्डीको विकास र सुदृढताका लागि क्याल्सियम अत्यावश्यक हुन्छ। नियमित रूपमा तिलको अचारको सेवनले हड्डी बलियो बनाउँछ र जोर्नीसम्बन्धी समस्याबाट जोगाउन सक्छ।

६. हर्मोन सन्तुलनमा सहयोगी

तिलमा पाइने लिगनेन (lignans) नामक तत्व र आवश्यक फ्याटी एसिडले महिलाको हर्मोन सन्तुलनमा सघाउ पुर्‍याउँछ। यसले महिनावारी अनियमितता, रजोनिवृत्तिको लक्षण आदि व्यवस्थापनमा सहयोग पुर्‍याउने अनुसन्धानहरूले देखाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?