जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भ्यालेन्टाइन विक विशेष

प्रपोज डे: ऐश्वर्यालाई नक्कली औँठी लगाएर प्रपोज, अक्षयलाई ट्विंकलले राखेकी थिइन् यस्ताे शर्त

काठमाडाैँ– ‘फेब्रुअरी’ प्रेमको महिना । प्रेम गर्नेहरूको प्रतीक्षा ‘भ्यालेन्टाइन विक’ समेत शुरु भइसकेको छ ।

आज यसै अन्तर्गतकाे ‘प्रपोज डे’ मनाइँदै गर्दा धेरै प्रेम जोडी मनका कुरा माया गर्नेलाई भन्ने आशामा छन् । यसै सन्दर्भमा यो सामग्रीमा हामी बलिउड स्टारले कसरी प्रपाेज गरेका थिए भन्ने रोचक किस्सा प्रस्तुत गर्दैछौँ । 

अक्षयकुमार र ट्वीकंल खन्ना

अक्षयकुमार र ट्विंकल खन्ना सबैभन्दा पहिले ‘फिल्मफेयर’ म्यागेजिनको फोटोसुटमा भेट भएका थिए । पहिलो भेटबाटै ‘लभ एट फस्ट साइड’ भएका उनीहरू एक अर्कालाई डेट गरिरहेका थिए ।

त्यही बेला ट्विंकलको जन्मदिनमा अक्षयले उनलाई क्रिस्टल पेपरवेट गिफ्ट दिएका थिए । त्यति बेला ट्विंकलले उनलाई ‘यो पेपर वेट जति ठूलो छ, मेरो लागि त्यति नै ठूलो हिरा ल्याएर दिए मात्र म सुनिश्चित हुनसक्छु’ भन्ने उत्तर दिएकी थिइन । 

त्यस्तै याे समय फिल्म ‘मेला’ रिलिजको पखाईमा रहेकी ट्विंकल आफ्नो फिल्मको विषयमा निकै ढुक्क थिइन् । यही कारण हुन सक्छ ‘यदि मेरो फिल्म फ्लप भयो र बक्स अफिसमा राम्रो गर्न सकेन भने म तिमीसँग विवाह गर्छु ’– भन्ने शर्त उनको थियो ।

प्रेमको जीत भनौँ ‘मेला’ फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । त्यसपछि सन्  २००१ मा जनवरी ७ मा यी दुईले विवाह गरे । 

रणवीर कपुर र आलिया भट्ट

यी दुईबीच बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ शूटिङ चलिरहँदा प्रेम अंकुराएको थियो । यसलाई मूर्त रूप दिँदै न्यू इयर इभमा रणवीरले आलियालाई प्रेम प्रस्ताव राखेका थिए ।

जसलाई आलियाले तत्काल स्वीकार गरेकी थिइन् । रणवीरले प्रपोज गर्दा दिपिका पादुकोणसँग आफूले खेलेको फिल्म ‘ये जवानी है दिवानी’ को दृश्य नक्कल गरेका थिए ।

प्रियंका चोपडा र निक जोनस

प्रियंका–निकबीच मेट गाला २०१७ देखि नै कुराकानी शुरु भएको थियो । यो भेटपछिको डेढ वर्षपछि निकले प्रियंकालाई प्रपोज गरे । प्रियंकासँग तेस्रोपटक डेट जाँदा नै प्रियंकासँग विवाह गर्ने सोच बनाइसकेको निकले विभिन्न अन्तरवार्तामा बताएका छन् ।

प्रियंकाको बर्थडेको एक दिनपछि निकले उनलाई प्रपोज गरेका थिए । प्रियंकाको जन्मदिन र आफूहरुको इन्गेजमेन्ट एनिभर्सरी एकैदिन नपरोस् भनेर प्रियंकाको जन्मदिन समाप्त हुनका लागि मध्यरातसम्म कुरेको निकले बताएका थिए ।

प्रियंकालाई प्रपोज गर्नेबेला उनको अगाडि घुँडा टेकेर निकलाई भने, ‘के तिमीले मलाई विवाह गरेर मलाई संसारकै खुसी व्यक्ति बनाउँछौ ?’ निकका अनुसार नायिकाले करिब ४५ सेकेन्डसम्म कुनै जवाफ दिइनन् त्यसपछि निकले उनलाई भने, ‘यदि तिमीलाई कुनै आपत्ति छैन भने म तिमीलाई यो औँठी लगाइदिँदै छु ।’ त्यसपछि यी दुईले आफ्नो प्रेम सम्बन्धलाई विवाहको रूप दिए ।

करिना कपुर र सैफ अली खान

करिना कपुर र सैफ अली खानले एक–अर्कालाई डेट गर्नुअघि सैफको विवाह अमृतासँग भएको थियो । यता करिना पनि शाहिद कपुरसँग ‘अफेयर’मा थिइन् ।

सैफले फिल्म ‘टशन’ बाटै करिनासँग प्रेम गर्न सुरु गरे पनि करिनाले सैफलाई हुन्छ भन्नुअघि दुई पटक रिजेक्ट गरेकी थिइन् । करिनाका अनुसार सैफले उनलाई पेरिसमा प्रपोज गरेका थिए । यसलाई उनले अस्वीकार गर्दा सेफले पुनः प्रपोज गरे ।

दोस्रो प्रपोजमा करिनाले ‘अब यसबारे कहिले कुरा नगर्न सैफलाई भनेकी थिइन् । त्यतिबेला करिना आफ्नो करियरको उच्चतम बिन्दुमा थिइन् । यस्तोमा करिनाले सैफसँग केही समय मागिन् ।

त्यसको दुई दिनपछि करिनाले विवाहका लागि स्वीकारोक्ति दिइन् । सन् २०१२ अक्टोबर १६ मा यी दुईको विवाह भयो । 

अभिषेक बच्चन र ऐश्वर्या राय

अभिषेक बच्चनले ऐश्वर्यालाई नक्कली औँठी लगाएका प्रेम प्रस्ताव गरेका थिए ।  ‘गुरु’ को सुटिङ पछि उनीहरू दुवै जना न्यूयोर्कमा थिए ।

अभिषेकले यही विशेष मौकाका लागि पूरा तयारी गरेका थिए र सही मौका देख्ने बित्तिकै उनले ऐश्वर्यालाई प्रपोज गरे ।

ऐश्वर्याका अनुसार अभिषेकले जुन औँठी लगाइदिएका थिए त्यो वास्तविक हिरा वा सुनको नभई फिल्मकै एक सिनमा प्रयोग भएको ‘प्रप्स’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?