फिल्म ‘छावा’ ले ६०० करोड क्लबमा प्रवेश गर्दै रच्यो नयाँ इतिहास

काठमाडौँ। बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म ‘छावा’ले रिलिजको दुई महिना पछि पनि बक्स अफिसमा आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ।

ऐतिहासिक घटनामा आधारित यो पीरियड ड्रामा फिल्म दर्शक र समीक्षक दुवैबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ।छत्रपति सम्भाजी महाराजको जीवनमा आधारित कथा फिल्म मराठा सम्राट छत्रपति सम्भाजी महाराजको जीवन र साहसिक संघर्षको कथा हो। यसको भव्य सेट, बलियो स्क्रिप्ट र जोशिलो संवादहरूले दर्शकलाई आकर्षित गरेको छ भने इतिहासप्रति गहिरो सम्मानले दर्शकहरूलाई भावनात्मक बनाएको छ।

६०० करोड क्लबमा तेस्रो हिन्दी फिल्म
‘छावा’ले हालसम्म ६००.१० करोड रुपैयाँको कमाइ गर्दै सन् २०२५ मा ‘पुष्पा २’ र ‘स्त्री २’ पछि ६०० करोड क्लबमा प्रवेश गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। यसले फिल्मलाई ‘अल टाइम ब्लकबस्टर’ को उपाधि दिलाएको छ।

९ हप्तामा ऐतिहासिक कमाइ
फिल्मले पहिलो तीन हप्तामै ५०० करोडको आँकडा नजिक पुर्‍याएको थियो र त्यसयता पनि स्थिर कमाइ गरिरहेको छ। यसको निरन्तर सफलता बलियो स्क्रिप्ट र विश्वसनीय प्रस्तुतिको जीत हो भन्ने प्रमाणित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?