जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

काठमाडौँ। नेपाल उसु महासंघद्वारा आयोजित ७ औं नेसनल उसु जज परीक्षा कोर्ष तथा ११ औं नेसनल उसु डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

दशरथ रंगशालामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको हितलाई प्राथमिकतामा राखेर आफू कार्यरत रहेको बताए। उनले नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आवश्यक कार्यक्रम तथा संरचनाहरूको विकासमा सरकार प्रतिबद्ध रहेको जनाए।

उनले आफ्नो मन्तव्यमा नेपाल उसु महासंघमा केही समूहद्वारा भइरहेका कानुनविपरीत गतिविधिहरूको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै, यदि समयमै यस्ता गतिविधि नरोकिने हो भने सरकारले हस्तक्षेप गरेर भए पनि खेलाडीहरूबीच देखिएको अन्यौल हटाउने स्पष्ट सन्देश दिए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरू, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, उसु प्रशिक्षकहरू र खेलाडीहरूको उल्लेखनीय उपस्थिति थियो।

नेपाल उसु महासंघले सञ्चालनमा ल्याएको यी दुई कोर्षले प्रशिक्षक, निर्णायक तथा खेलाडीहरूलाई थप दक्ष बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। कोर्षमार्फत उसु खेलको प्रविधिक र व्यवस्थापकीय पक्षमा सुधार आउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सशक्त ढंगले प्रतिनिधित्व गर्न सक्ने खेलाडी तथा निर्णायक उत्पादन हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?