जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘बोक्सीको घर’ वैशाख १४ बाट प्रदर्शनमा आउने

काठमाडौँ – फिल्म ‘बोक्सीको घर’  वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ ।

केकी अधिकारी मुख्य भूमिकामा रहेको यो फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।  नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्रको कथा आधारित छ । चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुषमा निरौला, सविन बाँस्तोलालगायतको अभिनय रहेको छ । 

फिल्ममा मुख्य गरेर कुप्रथालाई चित्रण गरिएको नायिका अधिकारीले बताए । अधिकारी स्वंय निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?