जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गीतकार प्रमोद भट्टराईको शब्द बबिना भट्टराईको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)

काठमाडौं- प्रेम र भावनाले भरिएको गीत “कहीँ कतै हराएँ भने” को भिडियो सार्वजनिक भएको छ।

गीतकार प्रमोद भट्टराई “प्रतीक”को शब्द रचना, गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीतमा सजिएको यस गीतले भौतिक रूपमा टाढिएका दुई पात्रबीचको भावनात्मक सम्बन्धलाई समेटेको छ।

गीतको भिडियो गीतकार संघ नेपालको आयोजनामा अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा तथा वरिष्ठ गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो। गायिका बबिना भट्टराई नै भिडियोमा प्रमुख भूमिकामा देखिएकी छिन् भने यशराजले नायकको भूमिका निभाएका छन्।

निर्देशन जीवन शाहीले गरेका हुन् भने भिडियोमा समिर राईको व्यवस्थापन, अर्जुन खड्काको छायांकन तथा सम्पादन रहेको छ।

गीत एकतर्फी प्रेमको कथामा आधारित छ। नायक नायिकाको सच्चा साथीदोस्तीलाई प्रेममा रूपान्तरण गर्न चाहन्छन् तर नायिका उनलाई केवल साथीको रूपमा हेर्छिन्। जब प्रेम प्रस्ताव एसएमएसमार्फत व्यक्त हुन्छ, नायिकाको नकारात्मक प्रतिक्रिया नायकको भावनामा ठूलो चोट पुर्‍याउँछ। अन्ततः उनी टाढा जान्छन्, तर मनमा भने उनको सफलताको कामना राखिरहन्छन्।

गीतकार प्रमोद भट्टराई “प्रतीक”का अनुसार भिडियोको दोश्रो भाग पनि आउने संकेत गरिएको छ, जसले दर्शकमा उठेका प्रश्नहरुको उत्तर दिन सक्छ — “के उनीहरूको पुनर्मिलन सम्भव छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?