जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार ( भिडियो )

काठमाडौं- चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो “के गरौ भन तिम्रो हुनलाई” सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा प्रस्तुत गरेका छन् भने नबिन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजनले गीतलाई अझ सशक्त बनाएको छ।

भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने विष्णु खड्काले सम्पादनमा कलात्मकता प्रस्तुत गरेका छन्।

मुनाल शिशिर कोइरालाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?