सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं-नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?