जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लोकदोहोरी गायक सरोज लामिछानेको ‘मलाई ओके छ’ सार्वजनिक

काठमाडौँ– नेपाली लोकसंगीतमा निरन्तरता दिँदै आएका गायक सरोज लामिछानेले आफ्नो नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक गरेका छन्।

गीत ‘सरोज लामिछाने’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसमा सरोजलाई गायिका शान्तिला सुब्बाले स्वरमा साथ दिएकी छन्।

गीतको शब्द तथा संगीत गायक सरोज लामिछाने आफैंले सिर्जना गरेका हुन् भने सङ्गीत संयोजन (Music Arrangement) मा विशाल तामाङले साथ दिएका छन्।

गीतको भिडियोमा पारस बुढाथोकी र ज्योति खड्काले अभिनय गरेका छन्, जसले गीतको भावलाई दृश्य माध्यममार्फत अझ प्रभावशाली बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?