जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वास्तु शास्त्र अनुसार घरमा शुभ लक्षणको मेल कसरी गराउने ?

जोयनेपाल
0
Shares
सांकेतिक तस्विर

काठमाडौं – के तपाई घर बनाउँदै हुनुहुन्छ ? अथवा घर बनाउने सुरसारमा हुनुहुन्छ ? सामान्यतया जीवनभरमा भएको सबै बचत खर्च गरेर एकपटक बनाइने घर राम्रो, आरामदायी र बलियो हुनु आवश्यक छ । त्यसमा पनि शान्ति महसुस गराउने र समृद्धिदायक भयो सुनमा सुगन्ध हुन्छ ।

नेपाली समाज भाग्यमा विश्वास गर्छ । शुभ अशुभको निकै ख्याल गर्छ । त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ । घरमा शुभ लक्षणको मेल कसरी गराउने ? यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ ।

वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ ।

भान्साघर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर(पश्चिममा पनि निर्माण गर्न सकिन्छ ।

खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुँदैन ।

पूर्व दिशातिर फर्केर खाना पकाउनु उचित मानिन्छ ।

घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनुपर्छ ।

पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुँदैन ।

खाना भान्सा कोठाको बीचभागमा बसेर खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?