जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

२५ लाखको लागतमा फुटबल ग्राउन्डको स्तरोन्नतिको काम सुरु

रौतहट – रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ३ जङ्गलसहिय पशुपतिटोल स्थित २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्डको स्तरोन्नतिको काम सुरु भएको छ।

नेकपा एमालेका युवा नेता हरिबंश मैनालीको विशेष पहलमा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा प्राप्त २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्ड स्तरउन्नतिको काम सुरु भएको हो।

शनिवार एक कार्यक्रमको आयोजना गरी बिधिवत रुपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात शिलान्यास गरिएसँगै निर्माण कार्य शुरु भएको नेता मैनालीले न्युज कारखाना लाईबताएका छन्।

उक्त अवसरमा एमालेका नेता तथा मधेश प्रदेशका पुर्ब राज्यमन्त्री नागेन्द्र यादब, युवा नेता हरिबन्श मैनाली, गुजराको मेयरका प्रत्याशी एकरामुल हक , एमाले क्षेत्र ३ का क्षेत्रिय संयोजक युबराज ज्ञवाली,मदन भण्डारी फाउन्डेसनका जिल्ला उपाध्यक्ष शेख जमालुदिन, एमाले पार्टी नगर अध्यक्ष जयराम चौधरी , सचिब रामबाबु चौधरी, वडा न ४ का अध्यक्ष झमक प्रसाद ‘कुमार’ चौलागाईं, युवा नेता निराजन पुरी बिक्रम अस्तानी लगायतको उपस्थिती रहेको थियो।

गुजरा नगरपालिका थारु र पहाडे बाहुल्य क्षेत्र रहेकाले युवाहरु माझ फुटबल खेल निकै नै लोकप्रिय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?