जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खेम सेन्चुरी र शान्तिश्री परियारको सहकार्यमा नयाँ गीत ‘परदेशी हुनै मन छैन’

काठमाडौं– पछिल्लो समय सम्बन्धमा दरार आएको चर्चा चलिरहेका बेला लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत ‘परदेशी हुनै मन छैन’ सोमबार सार्वजनिक भएको छ।

गीतकार तथा निर्माता प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको पहलमा तयार भएको यो गीतमा दुबैले अलग-अलग समयमा स्वर दिएका हुन्। सुरुमा सहकार्य गर्न नमान्ने उनीहरू निर्माण खर्च भइसकेपछि सहमतिमा पुगेका थिए।

खेम र शान्तिश्रीले यसअघि थुप्रै हिट गीतहरू दिएका छन्, तर पछिल्लो एक वर्षदेखि उनीहरूको व्यक्तिगत सम्बन्धमा चिसोपन देखिएको थियो। नयाँ गीतले उनीहरूबीच पुनः सहकार्यको ढोका खुलेको चर्चा सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?