जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माइतीघर फिल्ममा केदार घिमिरेको नयाँ लुक्स: गाउँका मुखियाको भूमिका

काठमाडौँ- अहिले छायाङ्कनरत फिल्म ‘माइतीघर’ म्याग्दीको ताकम गाउँमा चलिरहेको छ। फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्दि तामाङ र शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको छायाङ्कन सेटबाट केदार घिमिरेको नयाँ लुक्स सार्वजनिक भएको छ, जसमा उनी खाटमा बसेर मोबाइल हेरिरहेको देखिन्छ। उनका लुक्स गाउँको मुखियाको जस्तो देखिन्छ, तर निर्माणपक्षले यसबारे कुनै जानकारी दिएको छैन।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्म तामाङ संस्कृतिको आधारमा निर्माण हुँदैछ र यसको प्रदर्शन मिति दसैँको फूलपाती तोकिएको छ। सुशन प्रजापतिको छायाङ्कन र रोहित अधिकारी, रविन शेरचन तथा धीरज तामाङको लगानी रहेको यस फिल्मलाई रोहित अधिकारी फिल्म्सले निर्माण गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?