जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

उपासना सिंह ठकुरी ‘सुम्निमा’ मा अनुबन्ध, लण्डनमा अडिसन खुला

काठमाडौं- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ नेपाली प्रेमकथामा आधारित फिल्म ‘सुम्निमा’ मा उपासना सिंह ठकुरी मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित भएकी छन्।

नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण हुने यस फिल्मका लागि उपासनाको जोडीको भूमिकामा काम गर्ने अभिनेता छनोट गर्न लण्डनस्थित २०–२६ वर्षका युवाहरूलाई अडिसनमा सहभागी हुन आह्वान गरिएको छ।

‘सुम्निमा’ चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने चाम्सको ११औं निर्देशन रहनेछ। फिल्मको कथा र पटकथा राजीव थापाले लेख्नेछन्।

निर्देशक चाम्सका अनुसार फिल्म युनिभर्सल कथावस्तुमा आधारित रहेकोले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी नेपाल र बेलायतमा आगामी जुलाईदेखि छायांकन सुरु हुनेछ।

यसअघि उनले निर्देशन गरेको बायोपिक ‘अञ्जिला’ ले ५१ दिन सफल प्रदर्शन गर्दै उच्च प्रशंसा पाएको थियो। त्यस सफलतासँगै ‘सुम्निमा’ निर्देशक चाम्सका लागि थप चुनौतीपूर्ण तथा महत्त्वाकांक्षी प्रोजेक्ट बन्ने देखिन्छ।

फिल्मको अन्य प्राविधिक पक्ष तथा कलाकार टिमको जानकारी चाँडै सार्वजनिक गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?