जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शान्ती श्री परियारको स्वरमा मौलिक लोकगीत ‘वनको तरुल’ सार्वजनिक

काठमाडौं – चर्चित गायिका शान्ती श्री परियारको स्वरमा विक्रमवाबु विश्वकर्माको शब्द तथा संगीतमा आधारित मौलिक लोकगीत ‘वनको तरुल’ सार्वजनिक भएको छ।

परियारसँगै विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीले पनि स्वर दिएका छन्। विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुनिल भण्डारीले छायांकन, नविन धर्ति मगरले सम्पादन र कमल भक्तले निर्देशन गरेका छन्। भिडियोमा सरद एल जी, गोविन्द विवस र कृपा पौडेलको अभिनय देख्न सकिन्छ।

विक्रमवाबुको युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘वनको तरुल’ले छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?