जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २६ गते शुक्रबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि। कानुन दिवस। तदनुसार सन् २०२५ मे ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। औषधी नियमित गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्।

मिथुन : आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ।

कर्कट : दिन राम्रो छ। सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

सिंह : साथी विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। अध्ययनमा जोस र जाँगर बढ्नेछ।

कन्या : मन प्रशन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ।

मकर : रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : संकटको सामना गर्नुपर्र्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ।

मीन : सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। शनिदेवका कारणले साथीले तपाईंको कुरा काट्नेछन्। सहकर्मीबाट जोगिएर काम गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?