जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजायँ

काठमाडौँ – अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए ।

गत मार्च २०२५ मा म्याकगिल १ किलोग्राम कोकेन मुद्दामा निर्दोष भए पनि अप्रिल २०२१ मा उनी उही कोकेन आपूर्ति मामिलामा दोषी पाइएको हो । सोही मुद्दामा शुक्रबार अदालतले उनलाई यस्तो सजाय सुनाएको हो ।

अस्ट्रेलियाका पूर्व लेग स्पिनर स्टुअर्ट म्याकगिललाई अप्रिल २०२१ मा एक किलो कोकिन बेचेको आरोप लागेको थियो। यस मुद्दाको सुनुवाइ सिड्नी जिल्ला अदालतमा भएको थियो। अदालतले म्याकगिललाई घटनामा संलग्न भएको मानेको छ तर उसलाई गिरोहको सदस्य भने मानेनन, जसका कारण ठूलो मात्रामा लागुऔषध तस्करी गरेको पुष्टी भएन ।

त्यसैले यस मुद्दामा अदालतले उनलाई एक वर्ष १० महिना सामुदायिक सुधार सेवा गर्न सजाय सुनाएको हो । यस अवधिमा उनले लागुऔषध सेवन नगरेको सुनिश्चित गर्न प्रत्येक दिन आफैलाई जाँच गर्नु पर्ने हुन्छ।

स्टुअर्ट म्याकगिल सन् २०२४ मा भएको एउटा घटनामा संलग्न थिए, जसमा उनको अपहरण भएको थियो। तर, अपहरण गर्ने दुई भाइले म्याकगिल आफैं आफू कहाँ आएको र लागुऔषध कारोबारमा संलग्न रहेको दाबी गरेका थिए । फक्स स्पोर्ट्सका अनुसार रिचर्ड र फ्रेडरिक स्याफ नामका उनका भाइहरूले अदालतमा म्याकगिल आफैं सिड्नीको दक्षिण–पश्चिमी क्षेत्रमा गएको आरोप लगाएका थिए।

स्टुअर्ट म्याकगिलले अष्ट्रेलियाका लागि ४४ टेस्ट र ३ ओडिआई खेलेका छन् । उनले १८४ प्रथम श्रेणी खेलमा ७७४ विकेट लिएका छन् । म्याकगिल अष्ट्रेलियाका महान स्पिनर शेन वार्नका कारण लामो समय अष्ट्रेलियाबाट खेल्न सकेनन् । तर उनको तुलना शेन वार्नसँग पक्कै भएको थियो किनभने शेन वार्न त्यतिबेला अष्ट्रेलियाका नम्बर एक स्पिनर थिए।

म्याकगिलले ४४ टेस्टमा २०८ विकेट लिएका थिए जबकी तीन एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?