जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक

काठमाडौँ- लोकप्रिय ब्यान्ड नेपथ्यले कर्णालीको लोकधुन ‘टप्पा’मा आधारित नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक गरेको छ। गायक अमृत गुरुङद्वारा दुई दशकभन्दा बढी समयको खोज, यात्रासँगै तयार पारिएको गीत शनिबार राजधानीमा आयोजित समारोहमार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियो भूषण दाहालको निर्देशनमा निर्माण गरिएको छ, जसमा सल्यानसहित कर्णालीका दृश्य समेटिएका छन्। ‘भेँडाको ऊनजस्तो’ एल्बमअन्तर्गत तयार गरिएको यस गीतलाई दर्शकले प्रारम्भमा न्यूनतम शुल्क तिरेर हेर्न सक्नेछन् ।

गायक गुरुङका अनुसार यो गीत सन् २००१ मा डोल्पाबाट आएका सङ्गीतप्रेमीहरूसँगको भेटबाट प्रेरित हो। लोकभाका र मौलिक शैलीलाई जोगाउँदै तयार पारिएको यस गीतमा कर्णालीको जनजीवन, सुस्केरा र सुसेलीको भाव समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?