घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो ।

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?