जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जोरपाटीमा सम्पन्न चौथो उपत्यकाव्यापी जुनियर उसु प्रतियोगिता

काठमाडौँ– जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा बैशाख २७ गते देखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८२ समापन भएको छ ।

नगरपालिकाको आफ्नै हलमा सम्मन्न प्रतियोगिता २७ गते देखि २९ गतेसम्म तिन दिन चलेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख दिपक रिजाल, विशेष अतिथी नगर उपप्रमुख सान्नानी लामा, विशेष अतिथी गोकर्णेश्वोर नगरपालिका युवा तथा खेलकुद बिकास समिती अध्यक्ष सन्जय लामा, विशेष अतिथी नेपाल उसु महासंघका महासचिव नबराज ढुंगाना बिश्वास लगायत अन्य अतिथि ज्युहरुले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका छन्।

१० स्वर्ण, २ रजत र ३ कास्य पदक सहित इष्टपोल एकेडेमी टिम प्रथम, ७ स्वर्ण ११ रजत र ४ कास्य सहित मनमैजु उसु क्वान टिम दोस्रो र ६ स्वर्ण र ७ कास्य सहित आयोजक जोरपाटी उसु क्वान टिम तेस्रो हुन सफल भए । प्रतियोगिताको चौथो सस्करण सम्म आइपुग्दा अत्याधिक र उत्कृष्ट जुनियर खेलाडीहरु सहभागी भएको जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायन श्रेष्ठ ले जानकारी दिए ।

प्रतियोगितामा थाओलु तर्फ रिदम गोले पुरुष र बबिता ठाडा मगर महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए । दुबै इष्टपोल एकेडेमीका हुन । त्यस्तै सान्दा पुरुष तर्फ सन्जिब तमाङ्ग (निन्जा उसु क्वान) र महिला तर्फ आरती गोम्बो (मनमैजु उसु क्वान) उत्कृष्ट खेलाडी घोषत भएको जोरपाटी उसु क्वान तथा प्रतियोगिताको प्राबिधिक संयोजक शैलेन्द्र श्रेष्ठ ले जानकारी दिए ।

साथै उनले सहभागी सम्पुर्ण क्वान, स्कुलका खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिदै आगामी बर्षमा अझ उत्कृष्ट प्रतियोगिता हुँदै जाने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?