जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘के घर के डेरा : घर नं. २’ र ‘हेल्लो काँशीराम’आजदेखि हलमा

काठमाडौं- शुक्रबारदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘के घर के डेरा : घर नं. २’ र ‘हेल्लो काँशीराम’ रहेका छन्।

फिल्म ‘के घर के डेरा : घर नं. २’ सामाजिक विषयवस्तुमा आधारित छ। बुद्धिसागरले कथा लेखेको यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्।

अभिनयतर्फ उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्टले व्यक्त गरे। नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता तथा कृष्णबहादुर थापाको छायाँकनमा निर्माण फिल्मले अहिले हलहरूमा प्रदर्शनी थालेको छ।

‘हेल्लो काँशीराम’ हास्य–ड्रामा विधामा निर्माण भएको फिल्म हो। चलचित्रमा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन लगायतका कलाकारको मुख्य भूमिका छ।

रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार फिल्मलाई रेडलाइन फिल्मस् ब्यानरमा पि.बी. थापाले निर्माण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?