जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

काठमाडौँ – हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिले देखि नै भनिरहेको कुरा हो, यसमा धेरै बैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन । तर, यसैबिच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् ।

उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका ब्ल्याक होल, न्यूट्रोन तारा र ह्वाइट ड्वार्फहरू पनि क्रमशः लोप हुनेछन्। वैज्ञानिकहरूले यस समयलाई १ क्विन्भिजिलियन वर्ष अर्थात् १ पछि ७८ वटा शून्य बर्षको रूपमा वर्णन गरेका छन्।

वर्षौंदेखि वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् कि ब्रह्माण्डमा ठूलो मात्रामा आकाशीय वस्तुहरू, जस्तै ब्ल्याक होलहरू, अनिश्चित कालसम्म रहि रहने बताएका थिए । तर, १९७४ मा स्टीफन हकिङले ब्ल्याक होलहरू पनि बिस्तारै वाष्पीकरण हुन्छ र एक दिन हराउँछ भन्ने नयाँ सिद्धान्त दिए। यस प्रक्रियालाई हकिङ विकिरण भनिन्छ।

अब नेदरल्याण्डको र्याडबाउड युनिभर्सिटीका प्रोफेसर ह्यानो फाल्के र उनको टोलीले त्यही सिद्धान्तलाई अगाडि बढाउँदै ब्ल्याक होलजस्तै अन्य भारी शरीरहरू पनि वाष्पीकरण हुन सक्ने अनुमान गरेका छन्। नयाँ अध्ययनमा यो भनिएको छ कि न्यूट्रोन ताराहरू लगभग १०⁶⁸ वर्ष पछि मर्नेछन् भने जबकि सेतो बौना जस्ता चिसो ताराहरू भने १ क्विनभिजिलियन अर्थात् १०⁷⁸ वर्षसम्म टिक्न सक्छन्। आकाश गंगाहरूको केन्द्रमा रहेको सुपरमासिभ ब्ल्याक होलहरू १०⁹⁶ वर्षसम्म बाँच्न सक्छन्। त्यति बेला सम्म ब्रह्माण्डमा नयाँ तारा बन्ने प्रक्रिया रोकिसकेको हुन्छ भने त्यहाँ कुनै प्रकाश, कुनै ऊर्जा हुनेछैन। र, यो ब्रह्माण्डको पूर्ण रूपमा अन्त्य हुनेछ।

यस अनुसन्धानका अनुसार आगामी १५० देखि २०० बिलियन वर्षमा ब्रह्माण्ड यति छिटो विस्तार हुनेछ कि हामीले अन्य आकाशगंगाहरू देख्न छाड्ने छौं। यस पछि अन्तिम ताराहरू पनि १७ ट्रिलियन वर्षमा निभ्नेछ। वैज्ञानिकहरूले भनेका छन् कि हाम्रो सूर्य पनि करिब ५ अर्ब वर्षमा यति धेरै विस्तार हुनेछ कि पृथ्वीलाई निल्ने अवस्थामा पुग्नेछ। यसको मतलब हाम्रो सौर्यमण्डल ब्रह्माण्डको अन्त्य हुनुभन्दा धेरै अघि नै नष्ट हुनेछ।

अध्ययनले यो पनि भन्छ कि यदि प्रोटोन क्षय जस्तो प्रक्रिया सत्य साबित भयो भने, ब्रह्माण्ड चाँडै समाप्त हुन सक्छ। तर, यसबारे अनुसन्धान जारी छ र यसको कुनै ठोस प्रमाण भने छैन ।

वैज्ञानिकहरूले यो अनुसन्धान ब्रह्माण्डको अधिकतम उमेरको अनुमान मात्र भएको बताएका छन् । यो आवश्यक छैन कि चीजहरू ठ्याक्कै यस्तै हो। तर यो निश्चित छ कि ब्रह्माण्डमा रहेको सबै चीज एक दिन समाप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?