जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक

काठमाडौँ – फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा जेठ १५ गतेबाट रिलिज हुने फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा देख्न सकिन्छ । ट्रेलरमा मुख्य पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन्।

ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किएको देख्न सकिन्छ ।

विकास सुवेदीले कथा तथा पटकथा रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ। फिल्मको निर्देशक दिनेश राउतले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?