जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकप एसिया छनोट : नेपालले पायो ११५ रनको लक्ष्य

काठमाडौँ- महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ अन्तर्गत पहिलो खेलमा नेपालले युएईसँग जितका लागि ११५ रनको लक्ष्य पाएको छ।

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको लक्ष्य दिएको हो।

युएईका कप्तान इसा ओजाले सर्वाधिक ३९ रन बनाइन्। त्रिथा सतिसले २१, हिना होट्चान्दानीले २० र लावन्या केनीले १२ रन जोडिन्। नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट हात पारिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?