जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरे पछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन ।

नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गरेका छन । यो नेपालको लागि गर्वको क्षण भएको भन्दै ओलीले खुसी व्यक्त गरेका छन ।

‘नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि, २०२६ महिला टी– २० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलो पटक प्रवेश गरेको छ, नेपालका लागि गर्वको क्षण हो, हार्दिक बधाई तथा शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको छ । नेपाल शीर्ष दुईमा पर्दै ग्लोबल छनोट चरणमा प्रवेश गरे पछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन् ।

सुपर ३ मा पुगेको संयुक्त अरब इमिरेटस (युएई) ले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेर ‘ग्लोबल क्वालिफायर’ मा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?