जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौंमा राष्ट्रिय हाइकु महोत्सव सम्पन्न

काठमाडौं – नेपाल हाइकु संघले बिहीबार राष्ट्रिय हाइकु महोत्सव सम्पन्न गरेको छ । ‘नेपाली हाइकु : नेपाली सुगन्ध’ नाराका साथ नेपाली हाइकु कविता विधाको महत्व र विस्तारको उद्देश्यसाथ एकदिने महोत्सवको आयोजन गरेको संघले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा राम्रो हाइकु कविताहरु लेखिएको बताए। उनले महोत्सवका लागि आयोजकलाई बधाई दिँदै उक्त विधा निकै पहिलेदेखि लेखिँदै आएको बताए ।

जापानी कविता विधा हाइकुको लेखन ५-७-५ हरफको महत्वबारे हरिप्रसाद सिल्वालले प्रकाश पारेका थिए । उनले हाइकुको संरचना पक्ष एउटा र शैली-शिल्प तथा अन्तरवस्तु अर्को पक्ष रहेको बताए । उनले हाइकुमा विम्ब र प्रतीकको सही प्रयोग हुनुपर्ने बताउँदै १७ अक्षरको हाइकुमा पनि कम्तीमा दुई वटा विम्ब र प्रतीकको प्रयोग हुनुपर्ने बताए।

संघले सृजनामा उच्च योगदान पुर्‍याएका हाइकु कविहरुलाई सम्मानितसमेत गरेको छ । हाइकु कविहरु अञ्जना पौडेल, अजिता डङ्गोल, पारो तिमिल्सिना, दिव्य गिरी र शानु शर्मा लगायतले हाइकु वाचन गरे।

संघका अध्यक्ष चेतनाथ धमलाले कार्यक्रममा हाइकुको विकास र नेपालमा हाइकुलेखनमाथि विचार राहेका थिए ।
यसैबीच कार्यक्रममा हाइकु सृजनामा उच्च योगदान पुर्‍याएका कवि एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उत्कृष्ट हाइकु कविको सम्मानले सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उनलाई सम्मान प्रदान गरेका हुन् ।

अध्यक्ष झाले मैथिली भाषामा ‘एक समयक बात’ हाइकु सङ्ग्रह प्रकाशित गरेका छन् । यसका साथै उनका मैथिली भाषामा तांका सङ्ग्रह, दीर्घ कविता, कविता सङ्ग्रहका साथै अन्य विधाका कृतिहरु पनि प्रकाशित छन् ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झासहित हाइकु कवि मोहन दुवाल, मधुसुदन गिरी, भीम उदास, धीरेन्द्र प्रेमर्षि, सुरेन्द्र महर्जनलगायतलाई सम्मानित गरियो । सम्मानित कविलाई खादा र सम्मानपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?