जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मे २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुने दिन छ।

कर्कट : आफ्नो काम आफैलाई मन नपर्ने दिन छ। आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ। शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको दैनिकी सामान्य बन्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन शान्त बन्ने दिन छ। शनिको प्रकोप बढेको छ। तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ। शिक्षामा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। शत्रु बढ्नेछन्। परिवारको व्यवहारबाट खुशी मिल्नेछ। पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको मिहिनेतको उचित कदर हुनेछ। परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। राज्यबाट लिने सेवा र सुविधामा सचेत बन्नुपर्नेछ।

वृश्चिक : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा भने बौद्धिक टकराब हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल लगानी नगर्नु उचित हु्न्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको निर्णयले मनमा संकट आइपर्ने जोखिम छ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग बोल्ने कलामा प्रगति हुनेछ। परिवारमा कर्तव्य मात्र गर्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : खर्च बढ्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ। पश्चिमको यात्रा नगर्दा फाइदा हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मध्यसाढेसाती दशा चलिरहेकाले पिपलको दर्शन गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?