जस्टिन बिबरले श्रीमती हेली बिबरसँग सार्वजनिक माफी मागे

काठमाडौं – अमेरिकी पप गायक जस्टिन बिबरले आफ्नी श्रीमती हेली बिबरसँग सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा माफी मागेका छन्।

‘भोग’ म्यागजिनको २०२५ मे २० मा सार्वजनिक संस्करणमा हेलीको तस्बिर प्रकाशित भएपछि बिबरले विगतमा बोलेको कटु शब्दप्रति पछुतो व्यक्त गर्दै माफी मागेका हुन्।

उनले एक पोस्टमा लेखेका छन्, “मैले भनेको थिएँ, ‘कहिल्यै तिम्रो तस्बिर भोग म्यागजिनमा आउँदैन।’ त्यो निकै निर्दयी टिप्पणी थियो।”

बिबरले हेलीप्रति प्रेम प्रकट गर्दै थप लेखेका छन्, “मैले जीवनमा धेरै मूर्खतापूर्ण काम गरें, तर हेलीसँग विवाह गर्नु सबैभन्दा स्मार्ट निर्णय हो।” उनको यो माफीले फ्यानहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?