जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भोजपुरको कोटमा २५ लाखको लागतमा प्रसूति भवन निर्माण

भोजपुर – टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?