जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘बालबालिकालाई आँखाको समस्याबाट जोगाउन प्रेरित गरौँ’

काठमाडौँ – विज्ञहरुले बालबालिकालाई आँखाको समस्याबाट जोगाउन बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिएका छन् । विश्व मायोपिया सचेतना सप्ताह ९मे १९–२५० को सन्दर्भमा आँखारोग विशेषज्ञहरुले मायोपिया अर्थात् टाढा भएका वस्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्या हुन नदिन बालबालिकालाई स्क्रिनबाट टाढा राख्नुपर्ने बताएका हुन् ।

यस वर्षको सचेतना सप्ताहको नारा ‘स्क्रिन तल, आँखामाथि’ अर्थात् स्क्रिन तल राखौँ, दृष्टि माथि उठाऔँ र मायोपियाबाट बचौँ रहेको छ । तिलगङ्गा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीले मायोपियाको समयमा नै पहिचान गर्नका लागि अनिवार्य दृष्टि परीक्षण गर्न जरुरी हुने बताइन् । उनका अनुसार प्रत्येक बालबालिकालाई एक पटक विद्यालय भर्ना गर्नुअघि अनिवार्य आँखा जाँच गर्न जरुरी छ ।

डा अधिकारीले बालबालिकाको समय–समयमा आँखा जाँच गर्नाका साथै प्रत्येक दिन बाहिरी वातावरणमा दुई घण्टा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिइन् । उनले भनिन्, “मोबाइल र टिभी स्क्रिनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्नुपर्छ ।”

सप्ताहका अवसरमा तिलगङ्गाले काठमाडौँलगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

साथै प्रतिष्ठान परिसरमा सचेतना डेस्क, श्रव्यदृश्य सामग्री प्रदर्शन, सामाजिक सञ्जालको प्रयोगलगायत जिल्लाहरुमा रेडियोमार्फत पनि जनचेतना फैलाउने कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?