जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

काठमाडौँ – ब्याट्सम्यान शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान बनेका छन् । ऋषभ पन्त उपकप्तानमा चयन भएका छन् ।

शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो । साथै इंग्ल्याण्ड भ्रमणका लागि १८ सदस्यीय टोलीको पनि घोषणा गरिएको छ । भारतले जुन २० बाट सुरु हुने इंग्ल्याण्ड भ्रमणमा ५ टेस्ट खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायर टोलीमा परेका छन् । शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।

जसअनुसार भारतीय टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकीपर, उपकप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कृष्णा जडेजा, अर्शदीप सिंह र कुलदीप यादव।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?