जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दैनिक रूपमा कति खाने नुन ? बढी भए के हुन्छ ?

नुन स्वादको पर्याय हो । नुन सोडियम र क्लोरिन नामका दुई तत्त्वले बनेको हुन्छ । हामीले खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत हिस्सा क्लोराइडको छ ।

सोडियम शरीरलाई नभई नहुने तत्व हो र शरीरलाई चाहिने सोडियमको मुख्य अंशको पूर्ति पनि नुनबाट नै हुन्छ । नुन विनाका परिकार विस्वाद लाग्छन् ।

स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्त्वपूर्ण यौगिक हो । तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ।

नुनको महत्त्व कति छ भनेर थाहा पाउन हामीले व्रत बस्दा जुठो बार्दा पनि थाहा पाउन सक्छौँ ।

नुनको अनुचित प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटु रोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन शरीरबाट पानी खेर जाने, स्नायु तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेशी खुम्चिनमा समस्या देखा पर्ने जस्ता समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन् ।

दैनिक कति मात्रा नुन खान सक्छौँ
चिकित्सकका अनुसार एउटा वयस्क व्यक्तिले दैनिक ५ ग्राम भन्दा कम नुन खानु पर्छ भने केटाकेटीले १–२ ग्रामभन्दा ज्यादा खानु हुँदैन । सोडियमको मात्रा दैनिक १५०० मिलिग्राम सोडियम उत्तम हो । यो मात्रा २ हजार ३०० मिलिग्राम ज्यादा हुनुहुँदैन।

कम नुन पनि हानिकारक हुन् सक्छ

शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने पनि अनेकौँ प्रकारका स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । जसमा सोडियमको मात्रा कम भए लो डेन्सिटी लिपोप्रोटिन कोलेस्टेटोल र ट्राइग्लिसवेराइड (टिजी) को मात्रा बढ्न सक्छ ।

धेरै नुन खाँदा हुन्छन् यस्ता समस्या
– धेरै नुनको सेवन गर्नेलाई आमाशयको क्यान्सर हुने खतरा बढ्नुका साथै पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको वृद्धि गराउँछ ।
– सोडियमका साथसाथै क्लोरिनको पनि उच्च मात्रा शरीरमा थप्छ । उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिज जस्ता रोगहरू लाग्ने र अन्ततोगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखा पर्छ।
– धेरै नुन खाँदा रगतमा नुनको मात्रा बढ्न गई मिर्गौलालाई भार परी मिर्गौला बिग्रिने खतरा हुन्छ ।

– बढी सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्‍याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?