जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

काठमाडौँ – टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।

सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् । जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शिर्ष स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?