घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेर १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। आइतबार उक्त सुनको भाउ १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?