जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एमएस धोनी आईपीएलबाट तत्काल सन्यास नलिने

काठमाडौं। चेन्नई सुपर किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट अहिल्यै सन्यास नलिने स्पष्ट पारेका छन्।

आइतबार गुजरात टाइटन्ससँगको अन्तिम लिग खेलपछि धोनीले भने, “सिजन राम्रो भएन, तर आजको प्रदर्शन राम्रो रह्यो। खासगरी फिल्डिङतर्फ उल्लेखनीय सुधार देखियो।”

सन्याससम्बन्धी प्रश्नमा उनले भने, “मसँग निर्णय लिन अझै ४–५ महिना समय छ। अहिले कुनै हतार छैन। शरीरलाई फिट राख्नु मुख्य कुरा हो।”

धोनीले थपे, “म अहिले सन्यास लिइरहेको छैन, तर म फर्कन्छु पनि भनिरहेको छैन। म घर जान्छु, आराम गर्छु र निर्णय लिन्छु।” चेन्नई सुपर किंग्स यस सिजनको प्लेअफ चरणमा प्रवेश गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?