आईपीएलमा राजस्थान र बैङ्गलोर भीड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने खेल राजस्थानको जयपुरमा हुँदैछ ।

राजस्थानले यो सिजन खेलेका ३ वटै खेल जितेर ६ अंक प्राप्त गरेको छ भने बैङ्गलोरले ४ मध्ये एक खेल जितेर दुई अंक हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?