मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

काठमाडौँ – पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । 

गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?