एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवी मैदानमा जारी खेलमा पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

खेलमा टस हारेर पहिले ब्याटिङमा आएको पोखराका लागि मार्कस क्रिचलीले सर्वाधिक ३५ रन बनाए । त्यसैगरी, माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने जिम्मी निसमले २ विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?