कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो ।

कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलम कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन घर्तीले २५ रन बनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?