चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौ– मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

आजका लागि सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?