छोराको वेब सिरिज ‘स्टारडम’मा शाहरुखको कस्तो भूमिका ?

काठमाडाैँ– शाहरुख खान आफ्नी छोरा आर्यनको वेब सिरिज ‘स्टारडम’ को महत्वपूर्ण भुमिकामा देखापर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार शाखरुख खानका छोरा आर्यन खान बतौर निर्देशकले फिल्म क्षेत्रमा पाइला राख्ने भएका छन् । आर्यनले ‘स्टारडम’ सिरिज ल्याउने भएका छन् ।

सो सिरिजको सुटिङको काम सकेर सम्पादनको कार्य केही दिनभित्रै सुरु हुने जानकारी दिइएको छ । सो सिरिजमा शाहरुख खानको महत्वपूर्ण भूमिका रहने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

शाखरुखले अन्य फिल्मी क्षेत्रमा जस्तै सो सिरिजमा भूमिकाका रहनेछन् । सो वेब सिरिजमा रणवीर कपुर, रणवीर सिंह, करण जौहरकोसमेत अभिनय रहेको भारतीय मिडियाले जनाएको छ ।

फिल्म ‘किंग’ मा पनि शाहरुख खान आफ्नी छोरी सुहाना खानसँगै अभिनय गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?